आलमले भने – घटना घटेकै छैन
काठमाडौं , कात्तिक ३ । रौतहट बम काण्डमा मुछिएका सांसद मोहम्मद अफ्ताब आलमले घटना नै नघटेको दाबी गरेका छन् । आइतबार जिल्ला अदालत रौतहटबाट बाहिरिने क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।
“त्यो घटना नघटेको कारणले महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने गरी फैसला भयो । त्यही कुरा मात्र हो,” उनले भने । आइतबार जिल्ला अदालत रौतहटले आलममाथि थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
२०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा उनी असोज २६ गते पक्राउ परेका थिए ।