प्रचण्ड भन्छन् – प्रचारबाजीको भर नपरौं, ओलीसँगको सहमति तोडिएको छैन

काठमाडौं, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले नतोडेको बताएका छन् । ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो अवस्थासम्म नआइनपुग्ने दावी गरे । उनले मुलभूत रुपमा सहमति कार्यन्वयन गरेरै आज दुई पार्टी मिलेर नेकपा बनेको पनि बताए ।

कसैले पनि सहमति तोडेको छैन’ मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले भने ।

उनले आफु र अर्का अध्यक्ष ओलीबीच सहमतिमै सबै कुरा अगाडि बढिरहेको भन्दै आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको पनि बताए । ‘मिडियामा आएका कुराहरुलाई लिएर भ्रममा नपर्न आग्रह गर्छु । हामी समझदारीबाटै अघि बढ्छौ’ प्रचण्डले भने, ‘हिजोमात्रै पनि प्रधानमन्त्रीसँग दुई घण्टा मेरो कुुराकानी भयो । वातावरण सकारात्मक छ । अब छिट्टै सहमति कार्यान्वयन हुन्छ ।’

प्रचण्डले मन्त्रिमण्डल विस्तारको कुरा प्रधानमन्त्रीको कार्यक्षेत्र भित्र पर्ने भएकाले आफुले त्यसमा केही नबोल्ने टिप्पणी गरे । उनले शान्ति प्रकृयाका बाँकी काम टुङग्याउने क्रम पनि अन्तिम चरणमा पुगेको बताए ।

‘यसका लागि प्रमुख राजनीतिक दलहरु सबै तयार छौ यो पक्रिया चाडै टुङ्गिन्छ’ प्रचण्डको भनाई छ ।

उनले पार्टी एकता प्रकृया ढिला भएपनि निश्कर्षमा पुगेको भन्दै पार्टी एकता प्रकृया सकिएसँगै जिल्लामा प्रशिक्षण चलाउन थालिएको र जिल्ला पछि केन्द्रमा प्रशिक्षण चलाएर सरकारको पहिलो बर्ष आधार बर्षका रुपमा लिदै आगामी बर्ष विकास र सम्मृद्धिको बर्षका रुपमा रहने विश्वास व्यक्त गरे ।

प्रचण्डसँगै महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि प्रशिक्षणका लागि मंगलबार पाँचथर पुगेका हुन् ।
केही दिनयता प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमति कार्यन्वयन नभएको भन्दै आरोप प्रत्यारोप चलेको थियो । तर प्रचण्डले मंगलबार मिडियामा आएका कुराहरु भ्रममात्रै भएको दावी गर्दै होहल्ला र प्रचारबाजीको भर नपर्न आग्रह गरे ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv