हातमा लालपुर्ज़ा हुँदा हुदै त खेतको पिल्लर सारेर भारत तिर पारी दीन्छ – मिन बहादुर पण्डीत
साथमा नागरिक़ता र हातमा लालपुर्ज़ा हुदा हुँदै त नेपाली किसानले बाली लगाएको खेतको पिल्लर सारेर भारत तिर पारी दीन्छन, यदि कसैले प्रतिकार गरे धमकाउने र गोली समेत ठोक्न्न पछी पर्दैनन । यस्तो समस्या हामिले बर्सौ देखी देखेको र भोगेक़ै हो । यस्तो स्थितिमा सबैले बुझ्नै पर्ने कुरा के हो भने नेपाल भारत सीमामा रहेका जंगल वा सरकारी भुमी मीचिएको त झन कसैलाई पत्तो हुदैन । कीन भने त्यस्ता ठाऊमा नत राज्यको कुनै निकाएको उपस्थिति हुंछ, नत जनताको नै । त्यसैले ssbले रातारात सजिलै पिल्लर सारी रहेको छ ।
अत नेपालले पनी सीमामा सुरक्षा बल परीचालन गरोस । सीमा मिची सके पछी त्यती सजिलै हटाउन सकिन्न, अथवा फिर्ता लीन सकिन्न । अनी त्यस्तो बेला रोई कराई र बिरोध गर्नुको के अर्थ होला र ? आफ्नो सीमा ख़ाली र ब्यवारिसे छोड़े पछी बिदेसीले अतिक्रमण त गर्छ नै । GPS को जमानामा सीमाको रेख देख गर्न प्रविधिको प्रयोग गरौ, अनी CCTVको प्रयोग गरौ । रु ३० हज़ार जती खर्च गर्यो भने ८ वोटा CCTV जडान गर्न सकिन्छ ।
अनी ८ जना सिपाइले गर्ने काम एक थान CCTVले गर्न सक्छ । एक जना सिपाईलाई १२ महीना दीने तलबले १० थान CCTV किन्न सकिन्छ । अनी त्यो CCTV १० ठाऊमा राख्न सकिन्छ । त्यती पनी कीन्ने पैशा नभए सरकारले भनोस हामी जनता मिलेर किनी दीऊँला । तर विडम्बना सीमा मिचिन्छ भन्ने बिवेक भएका माइक़ालाल, न राजनीतिमा छन न पुलिस आर्मीमा, न त नीति निर्माता तहमा नै छन । अर्कों कुरा सीमानामा पर्खाल वा काडेतार लगाए अपराध र तस्कर रोकिंछ, अनी सीमा बिवाद पनी सुलझीन्छ । साथै पर्खालले गर्दा अवैध निकासी पैठारी रोकिने हुँदा राज़श्व पनी बडछ । तर भारत सीमा मिच्न पाई रहने हुदा नेपाल तीर कदापि सिमानामा पर्खाल लगाऊँन चाहन्न ।
त्यसैले हाम्रो सिमाना जोगाऊँन हामी नै चलाख हुनु पर्दछ । बरु पर्खाल हाल्न नसके सीमानामा लहरै रूख रोपौ, कसैले एक इंच पनी सीमा मीच्न पाउदैंन ।
अब नेपालले पनी कालापानी र लिपुलेख राखेर नया राजनीतिक नक्सा सार्वजनिक गर्नु पर्दछ । भारतले नोटबन्दी गरे देखी नेपालमा रहेका भारू अझ सम्म साटि दिएको छैन, यो भंदा ठूलो दादा गिरी र लुट संसारमा अरु केहि हुन सक्दैन ।
अर्कों कुरा हामीले युद्द गरेर भारत संग आफ्नो भूमि फिर्ता लीन सकिदैंन, न त कुनै कूटनितिक पहललाई नै भारतले सुन्छ । त्यसैले भारतलाई दबाव दिन सके सम्म भारतीय समान प्रयोगको बहिष्कार अभियान चलाऊँ, पेट्रोलियम पदार्थ पनी चीन तीर बाट पनी लीन सुरु गरौ, भारतीय च्यानल हेर्न प्रतिबंध लगाऊँ ।
भारतीय फिल्म नेपाली हलमा लगाएर करोड़ौ पैशा भारत जानबाट बचाऊँ । सबै नेपाली मिलेर यती गरे भारत अवश्य गल्नेछ ।