जोतिष हरिहर अधिकारी चलचित्र “शुभ लभ”मा भाग्य खोज्दै
काठमाण्डौं, ५ साउन । जोतिष हरिहर अधिकारी चलचित्र ‘शुभ लभ’मा नायक हुने भएका छन । काठमाण्डौंमा आयोजित ‘शुभ लभ’को सार्वजनिक कार्यक्रममा अधिकारीलाई नायकका रुपमा प्रस्तुत गर्दै सो चलचित्रका निर्माता एवं प्रस्तुतकर्ता प्रदिप कुमार उदयले बताए ।
‘शुभ लभ’मा हरिहर अधिकारी नायक , नव नायिका कृष्टिन,सुके थापाका साथै राजाराम पौडेल, सरोज खनाल लगायतको प्रमुख भुमिका रहनेछ । अर्जुन पोखरेलको संगित, निर्देशक सन्तोष बाबु लोहनी,कोरियोग्राफी रामजि लामीछानेको रहेको छ ।
भदौमा छायांकन शुरु गरिने र चैतमा चलचित्र प्रर्दशन हुने निर्माण पक्षले बताएको छ ।