नेपाल निर्माताको अबमुल्यन गर्दा आई पर्यो संकट – किरण शाह (अधिवक्ता )
काठमाण्डौ,माघ ३ । राज संस्थाको पूर्वज रहेकै कारण आज लगभग ३०० वर्ष पछी राज्यको तर्फबाट बडामहाराजधिराज पूथ्बी नारायण शाहको अपमान हुँदै आएको छ । त्यो अपमान कदापी क्षम्य त छदै छैन त्यस्तो देशद्रोही राष्ट्रद्रोही कार्यले वर्तमानमा देश स्वतन्त्र र सार्वभौम रहन्छ की रहदैन गम्भीर सबाल खडा भएको छ ।
बडामहाराजधिराज पूथ्बीनारायण शाहले नेपाल एकिकरण गरेको मात्र होईन तत्कालीन बिश्व परीवेशलाई मध्यनजर गरी आफुले एकिकरण गरेको मातृभूमिको सम्वर्द्धन,संचालन र संरक्षणको लागी जुन अजरअमर दिब्य उपदेश दिएर गएका थिए त्यो आजका दिन सम्म सान्दरभीक मात्र होईन अकाट्य सिद्धान्तको रुपमा रहेको छ ।
राज्यको परराष्ट्र निती देश र जनताको हित सर्वोपरी हुनुपर्छ यो सर्वमान्य सिद्धान्त हो । यही सिद्धान्तको भावना र मर्मलाई बुझेर बडामाहाराजधिराज पूथ्बीनारायण शाहले नेपाल एकिकरण पस्चात राज्यको परराष्ट्र निती सम्बन्धमा आज भन्दा ३०० वर्ष अघी यो दिब्य उपदेश दिएर गएका थिए । ” यो राज्य दुई ढुंङाको तरुल जस्तो रहेछ चिनबाद शाह सित ठुलो घाहा राष्नु ,दषिनको समुन्द्रका बादशाह सित घाहा त राष्नु तर यो महाचतुर छ” यो दिब्यउपदेश आजको दिन सम्म देशको परराष्ट्र नितीको सम्बन्धमा सान्दरभीक मात्र होईन अकाट्य रहेको छ ।
नेपालको एकिकरण पस्चात भारत संगको सम्बन्ध जहीले पनी अस्थीर, हस्तक्षेपकारी र तनाव युक्त रहदै आएको छ भने चिन संगको सम्बन्ध स्थीर सुमधर आत्म सम्मान युक्त रहदै आएको छ। भारतले बिगत देखिनै नेपालको भुगोल मिचेको मात्र होईन राज्य संचालनमा समेत बल मिच्याई गर्दै आफ्नो स्वार्थ जबर्जस्ती लाद्ने र नाकाबन्दी समेत गर्दै आईरहेको छ जसको कारण भारतसँगको सम्बन्ध आज पनि तनाव पूर्ण रहदै आएको छ। नेपाली जन्ता भारतको हेपाह निती बिरुद्ध सडकमा उत्रि रहनु परेको वर्तमान अबस्थामा अमेरीकाको MCC परीयोजनाको नाममा जबर्जस्ती रुपमा नेपालमा भारतको स्वार्थ स्थापित गर्न खोजीदै छ ।
हिजो बडामहाराजधिराज पूथ्बीनारायण शाहको बुध्दी बिबेक र बल्ले बिदेशीसँग युद्धमा पराजीत नभएको नेपाललाई आज बिकास र सम्बृद्धिको नाममा पराजीत गराउन कोसिस गरीदै छ। हिजो फिरंङगीको नाममा देश निकालामा परेको फिरंङगीहरु धर्मका नाममा नेपाल प्रबेस गरी जातीए सदभाब र राष्ट्रिय एकता बिथोलेर नपुगी आज बिकास र सम्बृद्धिका नाममा MCC परीयोजना मार्फत शक्तिशाली, मजबुत, अधीकार सम्पन्न भई सासन सत्तामा प्रवेश गर्न खोज्दैछन् किन? यसको उत्तर सरकार संचालन जिम्मेवारी लिएकोले जबाफ दिनु पर्छ ।भोलीका दिनमा समय बिते पस्चात यो देश मेरो पुर्खाले राज्यको होईन शाह बंशको पुर्खाले आरज्यको हो मलाई के मतलब भनी बिदेशिनु नपरोस ।
अहिले बिबादीत MCC परीयोजनाको पक्ष नेपाल र अमेरीका हो तर उक्त सम्झौतामा तेस्रो पक्ष भारतलाई सशक्त र निर्णायक भुमिकामा उभ्याईएको छ किन?
७७ पृष्ठ लामो MCC सम्झौतामा अधिकांस बुँदामा नेपाल सरकारले MCC लाई चित्त बुझाउनु पर्ने,सन्तुष्ट पार्नु पर्ने,भने बमोजिम गर्नु पर्ने,स्वीकार्य हुनु पर्ने जस्ता शब्दावालीहरु प्रयोग गरेर नेपालमाथी पुरै लाद्न खोजिएको मात्र होईन” अनुसुची ५ को “क” मा “नेपाल सरकारले MCC लाई सार र रुपमा चित्त बुझ्ने योजना तयार पारी पठाउनु पर्नेछ र त्यस्तो योजना पठाउँदा भारत सरकारले सो योजनाको समर्थन गरेको हुनु पर्छ” भन्ने ब्यबस्था राखेको छ। यो केहो? किन देश बेच्न खोज्दै छौ? जन्ता जान्न चाहन्छ। राज संस्थालाई गाली गरेर सफल हुंने होइन आफुले राम्रो काम गरेर हो।