नेपालमा हुने भयो लोक साँस्कृतिक कार्यक्रमको कुम्भ मेला ( भिडियो )
काठमाण्डौं, फागुन ९ । पर्यटक कलाकारहरुको स्वागत सत्कार,नेपाली लोक संक्रितीको आधार भन्ने नाराका साथ एभरेष्ट नेपाल कल्चरल ग्रुपले दशौं अन्तरराष्ट्रिय साँस्कृतिक महोत्सव २०७६ को आयोजना गर्दैछ ।
बिहीवार यल्लो प्यागोडा जमलमा पत्रकार भेटघाटको आयोजना गरी उक्त कुरा सार्वजनीक गरेको हो ।
यस पटक को महोत्सव काठमाण्डौं,ललितपुर, पोखरा जस्ता पर्यटकिय स्थानहरुमा आयोजना गर्ने लागेको आयोजकले जानकारी गराए ।
उक्त महोत्सवमा मेक्सिको, बंगलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलन्का,इजिप्ट, इस्टोनिया र नेपाल लगायतका राष्ट्रबाट बिभिन्न साँस्कृतिक प्रस्तुती रहने जनाएको छ । सो महोत्सवमा समुहका २५० भन्दा बढी कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिने आयोजकले जनायो ।
एभरेष्ट नेपाल कल्चरल ग्रुप ले बिगत ९ बर्ष देखी नेपाली मैलिक संस्कृति झल्कने विविध कार्यक्रमहरु स्वदेश तथा बिदेशमा गर्दै आईरहेको छ ।