कोरोना भाइरसका भ्रम र तथ्यबारे बुझौं र अरुलाई पनि बुझाउँ महत्वपूर्ण सार्वजनिक सुझाव
१, चिसो मौसम र हिउँले कोरोना भाइरस मार्न सक्दैन त्यसैले सफा पानी र साबुनले हाल धुने बानी बसालौं ।
२, तातोपानीले नुहाउँदैमा कोरोनाबाट बच्न सकिँदैन तर १५ देखी २० मिनेटको फरकमा मनतातो पानी पिउनाले शरिरलाई चैं फाईदा गर्छ ।
३, चीनमा उत्पादित सामग्रीबाट कोरोना सर्छ भन्ने जुन भ्रम छ त्यसमा सत्यता छैन त्यस्ता समानबाट कोरोना सर्दैन । बरु यस्ता सामान छोएपछि साबुन पानी वा अल्कोहलयुक्त पानीले हात धुनु चाहिँ पर्छ ।
४, लामखुट्टेको टोकाइबाट कोरोना सर्छ भन्ने त्रासमा हुनुहुन्छ भने पनि त्यो भ्रम हटाउनूस् । अहिलेसम्म कोही पनि लामखुट्टेको टोकाइबाट संक्रमित भएको प्रमाण भेटिएको छैन । यो त संक्रमित मानिसको स्वासप्रस्वासको क्रममा वा हाच्छ्युँ गर्दा खकार वा थुकको छिटाबाट सर्नसक्छ । त्यसैले रुघाखोकी लागेका वा संक्रमणको आशंका भएका मानिससँग टाँसिनु वा नजिकिनु हुँदैन ।
५, ह्यान्ड ड्रायरले पनि कोरोना भाइरस नष्ट गर्न सकिँदैन । यसले हातलाई सुख्खा बनाउने मात्रै हो । कोरोना भाइरस मार्न त साबुन पानी वा अल्कोहलयुक्त पानीले नियमित हात धुनु नै पर्छ । साथै सेनिटाइजरको प्रयोग गर्न सकिन्छ ।
६, थर्मल स्क्यानरले कोरोना संक्रमित पत्ता नलगाए पनि ज्वरो आएको मानिस चाहिँ पहिचान गर्छ । ज्वरो पनि कोरोना संक्रमितको एक लक्षण हो । तर कोरोना लागेका मानिसमा संक्रमणले छोएको दुईदेखि १० दिनसम्म ज्वरो देखिन्छ । थर्मल स्क्यानरको सहायताबाट ज्वरो पत्ता लगाउन सकिने हुँदा स्वास्थ्य परीक्षण वा निगरानीमा राख्न सकिन्छ ।
७, शरीरभरी अल्कोहल वा क्लोरिन छर्कँदा शरीरमा प्रवेश गरिसकेका भाइरस मार्न सकिँदैन । बरु मुख वा आँखामा पर्दा हानिकारक हुन्छ ।
८, कुकुर, बिरालो जस्ता घरपालुवा जनावरमा कोरोना संक्रमण भेटिएको छैन । तर यस्ता जनावरलाई छुँदा हात धोएर र छोएसकेपछि पनि हात धुनु वुद्धिमानी हुनेछ ।
९, न्युमोनिया विरुद्ध लगाइने खोपहरुले पनि कोरोना भाइरसबाट बचाउन सक्दैनन् । कोरोना भाइरस एकदम नयाँ र भिन्न हो । यसबाट बच्न यसको आफ्नै खोप आवस्यक पर्छ । जुन विकास भइसकेको छैन ।
१०, नियमित नाक पखाल्दा वा धुँदैमा कोरोना संक्रमणबाट बच्ने कुनै प्रमाण भेटिएको छैन । बरु औषधिको सहायतामा नाक नियमित सफा गर्दा रुघाबाट बच्न सकिन्छ ।
११, लसुनको सेवनबाट कोरोना लाग्दैन भन्ने भ्रम सामान्यतः लसुन स्वस्थ्यकर खाना नै हो । यसमा जीवाणु मार्ने गुण हुन्छ । तर कोरोना भाइरस मारेको कुनै प्रमाण भेटिएको छैन ।
१२, कोरोनाबाट सबै उमेर समुहका मानिस संक्रमित हुन सक्छन् । तर वृद्धावस्थाका मानिस, डायबिटिज, मुटुरोग जस्ता स्वास्थ्य समस्याबाट ग्रसित मानिस यसबाट जोखिममा पर्छन् । विश्व स्वास्थ्य संगठनले सबै उमेरका मानिसलाई कोरोनाबाट जोगिन सचेत गराएको छ ।
१३, कसैले एन्टिबायोटिक प्रयोग गरेको पाईएको छ यस्तो एन्टिबायोटिकले कोरोना भाइरस विरद्ध केही गर्न सक्दैन । यसले त ब्याक्टेरिया नियन्त्रण गर्ने मात्रै हो । तर कोरोना संक्रमणबाट अस्पताल भर्ना हुने अवस्था आउँदा चाहिँ यसको पनि प्रयोग गरिन्छ ।
१४, कोरोना भाईसरबाट बच्न हालसम्म कुनै खास औषधि भेटिएको छैन । कोरोना संक्रमितहरु विशेष निगरानीमा बसेर उपयुक्त उपचार लिनुपर्छ । यद्यपि विज्ञहरु यसको खोप वा औषधि विकासका लागि केन्द्रित भएका छन् । विश्व स्वास्थ्य संगठनले यसका लागि काम गरिरहेको छ ।