बाबुको आशिर्वाद थापेर प्रधानमन्त्री ओली भित्रिए बालुवाटार
काठमाण्डौं फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो । पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ । यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उहाँको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
केहि दिन अगाडी ९० वर्षीय पिता मोहन प्रसाद ओलीको आशिर्वाद लिएर प्रधानमन्त्री ओली बालुवाटारबाट सोमबार मिर्गौंला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल प्रस्थान गर्नु भएको थियो ।
आज साँझ डिस्चार्ज भएका ओलीलाई सिधै सरकारी निवास वालुवाटार लगिएको थियो।बालुवाटारमा निवासमा ओलीलाई उनका पिताले स्वागत गरेपछि अोलीले शिर झुकाएपछि मोहनप्रसादले आर्शिवाद दिनुभएको छ।