कतारमा २ हजार नेपालीलाई क्वारेन्टाइनमा राखियो
काठमाण्डौं,चैत ३ । आज प्रकाशित सबै पत्रपत्रिकाले कोरोना भाइरसकै समाचारलाई प्राथमिकता दिएका छन् । कोरोनासंग ल ड्न समान रणनीति बनाउन आइतवार भएको सार्क राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्सलाई प्राय सबै पत्रिकारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । साथै विश्वभर पारेको प्रभावलाई पनि दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।
कतारले कोभिड–१९ सं क्रम ण लाई थप फैलिन न दिन जो खिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको कान्तिपुर दैनिकमा समाचार छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औधोगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । उनीहरुलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।
क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरुको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरु पनि छन् । त्यसमा धेरैजसो सेल्सम्यानका काम गर्नेहरु छन् । कतारको सर्वाजनिक स्वस्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को सं क्र मण देखिएको छ । क्वारेन्टाइनमा राखिएका कामदारहरुमै सं क्र मण देखिएको मन्त्रालयको भनाइ छ । सं क्र मण देखिएकामध्ये चार जना उपचार सफल भएर क्याम्पमा फर्केका छन् । उनीहरु फिलिपिनो, इरानी र सुडानी नागरिक हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड(१९) लाई नेपालमा प्रवेश रोक लगाउने गरी काम भइरहेको बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्रीले कोरोनाविरुद्ध नेपालले पर्याप्त सजकता अपनाएको उल्लेख गरेका हुन् । यो समाचार पनि कान्तिपुरले लेखेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कन्फरेन्समा सहभागी हुँदै ओलीले कोरोनाको सं क्र मण हाल नेपालमा नरहेको पनि जानकारी दिए। उनले नेपालमा भेटिएको एकमात्र कोरोना सं क्र मित बाहिरबाट आएको र ती व्यक्तिलाई निको भएको उल्लेख गरे।
सरकार कोरोना प्र को प हुन रोक्नका लागि विभिन्न तहमा काममा लागेको ओलीले जानकारी दिए। केन्द्र, प्रदेश र स्थानीय तहमा समिति गठन गरेर कोरोनाको सं क्र मण हुन पहिल्यै सचेतताका काम भइरहेका उनले बताए।
कोरोनाको सम्भावित सं क्र म णलाई ध्यानमा राखेर अस्पतालहरुमा आइसोलेसन सेन्टर स्थापना गरिनुका साथै क्षमतावृद्धि गरिएको प्रधानमन्त्री ओलीले बताए। त्यस्तै आत्मरक्षाका लागि सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरिएको पनि उनले बताए।