कोरोनाले नरोक्ने एसईई परिक्षालाई प्रधानाध्यापकले गरे यस्तो निर्णय
काठमाण्डौं,चैत ४ । एसईई परिक्षालाई दृष्टिगत गरेर ललितपुर जिल्लाले कोरोनाका बिरुद्ध सजगता अपनाउने भएको छ । जिल्लाभर संचालन हुने परिक्षा केन्द्रमा हेल्थडेस्कको स्थापना हुने बताएका छन । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको समुन्वयनमा सो ब्यवस्था हुन लागेको हो ।
सरकारले प्रदेश सरकारको ‘एक विद्यालय एक स्टाफ नर्स’ कार्यक्रम अन्तर्गत रहेर आदर्श शैल युवक माद्यामिक बिद्यालय पनी सो को पालना गर्दै विद्यालयले स्टाफ नर्सको सुविधा पाएको छ । एक बिद्यालय एक नर्सको कार्यक्रम अन्तर्गत छानिएको बिद्यालय भएको हुनाले अझ सहज भएको उक्त बिद्यालयको प्रधानाध्यापक सरोज भक्त आचार्यले बताउनु भयो ।
आचार्यले २०५६ साल देखी निरन्तर बिद्यालयमा गणित बिषयको शिक्षक भई अध्यापन गराउँदै आउनु भएको थियो र २०६९ सालबाट वहाँ सो बिद्यालयको प्रधानाध्यापक भई हाल सम्म कार्यरत हुनुहुन्छ । एसईई परिक्षाको तयारी कस्तो छ ? भन्ने बिषयमा सोधिएको कुराकानीको अन्तरवार्ताको अंश को भिडियो हेर्नुहोस् :-