काठमाण्डौका यी मनकारी घरधनी, जसले कोरना भाइरससंग लड्न क्वारेन्टाइनको लागि आफ्नो घर नि:शुल्क दिदै
काठमाण्डौं, चैत ४ । विश्वमा कोरोना भाइरस को त्रास फैलिरहेको बेलामा नेपालमा पनि सजगता अपनाइएको छ । नेपालमा अहिले सम्म कोरोनाको संक्रमण नदेखिएपनि भित्रिन नदिन सावधानी अपनाइएको छ । सरकारले औषधी र अस्पतालको ब्यवस्था गरेको जनाएको छ । सरकारलाई कोरोना विरुद्ध सजगता अपनाउन सहयोग गर्दै स्थानिय तवरवाट पनि आह्रवान हुन थालेको छ । काठमाडौंमा हुन सक्ने कोरोनाको संक्रमणवाट बचाउन काठमाडौंका २ जना घरधनीहरुले आफुहरुको घरलाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई आह्रवान गरेका छन् ।
कोरोना विरुद्धको लडाई सरकारको मात्र नभएर सर्वसाधारणको पनि दायित्व भन्दै उनीहरुले आफ्ना घरलाई क्वारेन्टाइनक रुपमा प्रयोग गर्न आह्रवान गरेका हुन् । कोरोनाको आशंका गरिएका ब्यक्तिलाई १४ दिन सम्म राख्न आफ्ना आलिशान भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न आह्वान गरेका छन् ।
काठमाडौं सिफलका चिराग गोयल र कुलेश्वरका लाल चन्द्र गौतमले यस्तो आह्वान गरेका हुन् । उनीहरुले सामाजिक सञ्जाल फेसवुकमा आफ्ना ति घर सार्वजनिक गर्दै क्वारेन्टायनमा बस्न निशुल्क रुपमा उपलब्ध गराउने बताएका छन् । आलिशान देखिने ति घर सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेका हुन् ।