गौरीफन्टा नाकाबाट सयौं नेपाली सुरक्षा घेरा तोड्दै नेपाल प्रवेश
कैलाली,चैत ११ । कैलालीको गौरीफन्टा नाकाबाट भारतमा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा तोड्दै नेपाल प्रवेश गरेका छन । ठूलो संख्यामा रहेका नेपाली र सिमामा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरीबिच केहि समय तनावसमेत उत्पन्न भएको छ ।
भारतमा लागेको जनता कर्फ्युका कारण समयमै सिमा पार गर्न नसकेको भन्दै नेपालीहरुले आफुहरुलाई घर फर्किन पाउनुपर्ने माग राख्दै चर्को नारावाजी समेत गरेका छन् । सुरक्षा निकायले उनीहरुलाई रोक्न खोज्दा घेरा छिचोल्दै दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिसकेको जनाइएको छ ।
सिमावारी रहेको मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरेपनि भिडबाट कतिपय भागेर नेपाल प्रवेश गरिसकेका छन्।
संघीय सरकारले भने सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेको छ । यता विहानैदेखि कैलाली लकडाउन छ । सोमबार पनि कञ्चनपुरको गडडचौकी नाकाबाट आउने नेपालीले महाकाली नदीमा पौडिखेलेर समेत नेपाल प्रवेश गरेका थिए ।
रोजगारीकालागि भारत गएका सुदूर तथा मध्ये पश्चिमका उनीहरु भारतमा बढ्दो कोरोनाको संक्रमणका कारण काम बन्द हुदा नेपाल फर्किएकाहरु रहेका छन् । समाचार रिपोटर्स क्लबले पोस्ट गरेको छ ।