टाँडी क्वारेन्टाइनमा छन् ८६ जना, यस्तो छ, अवस्था (भिडियोसहित)

उर्लाबारी, चैत १८ । विश्वभर कोरोना भाइरसको संक्रमण त्रास छाएको छ । शक्तिशाली राष्ट्रहरुसमेत यस रोगबाट पीडित बनिरहेका छन् । यो रोग नियन्त्रणका लागि भइरहेका प्रयासहरु हालसम्म सफल बन्न सकेका छैनन् । विश्वमा ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । लाखौं जना संक्रमित छन् ।
यतिबेला नेपालमा पनि कोरोना भाइरसको त्रास रहेको छ । नेपाल सरकारले कोरोना भाइरसको सक्रमण फैलिन नदिन सतर्कता अपनाएको छ । देशभरी अहिले लकडाउन गरिएको छ । आज आठौंै दिनसम्म पनि लकडाउन जारी छ । सरकारले थप ८ दिन अलडाउन गर्ने निर्णय गरिसकेको छ । सरकारले तयार परेको नियम अनुसार विभिन्न मुलुकबाट स्वदेश फर्केका नागरिकहरु अनिर्वाय क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । कम्तिमा पनि १४ दिन क्वारेन्टाइन बस्नु पर्ने जनाइएको छ । क्वारेन्टाइन बस्दा के कस्ता विधि अपनाइएका हुन्छन् । क्वारेन्टाइनस्थलमा रहने मानिसहरुका लागि स्वास्थ्य उपचार, खानपानदेखि सुरक्षाको व्यवस्था कसरी मिलाईएको छ भन्ने बारेमा मोरङको टाँडीमा प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले तयार पारेको क्वारेन्टाइनस्थलमा पुगेर हामीले एक रिपोर्ट तयार पारेका छौं ।
यो प्रदेश नं. १ सरकारको समन्वयमा नेपाली सेनाले सुर्यदल गणमा बनाइएको क्वारेन्टाइन हो । यहाँ बैदेशिक रोजगारबाट आएका र भारतबाट प्रदेशका दुई नाका प्रयोग गरी नेपालमा फर्किएका ९२ जना मानिस राखिएको छ । जसमा ६ जना घर फर्किसकेका छन् । अहिले ६ भारतीयसहित बैदेशिक रोजगारबाट फर्किएका १५ नेपाली र तीनका परिवार त्यसैगरी भारतबाट फर्कर्ने क्रममा काकडभिट्टा र रानी नाका प्रयोग गरेका नेपालीलाई क्वारेन्टाइन स्थलमा राखिएको छ । सुर्यदल गण टाँडीले उनीहरुको ब्यवस्थापन गर्दै आएको छ । स्थानीय सरकारको सिफारिसमा मात्र क्वारेन्टाइन राख्ने गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv