सरकार उत्रियो एक्सनमा निजी अस्पातल र मेडिकल कालेजले कोरोनाका बिरामी भर्ना गर्न नमाने सरकारले कार्वाही गर्ने

काठमान्डौं,चैत २० । निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको मृत्यु भएको खबर सार्वजनिक भएपछि सरकारले कडा कारबाहीसम्मको नीति लिने भएको हो ।
कोरोना भाइरसको जोखिम भन्दै निजी अस्पताल र मेडिकल कलेजहरुले अहिले विरामी भर्ना र नियमित चेकजाँचमा आनाकानी गर्दै आएका छन् । उनीहरुले चिकित्सक नभएको बहाना गर्दै आएका छन् ।

कोरोना जोखिम भन्दै निजी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरु उपचारमा सहभागी हुन आनाकानी गरिरहेका छन् । कतिपयले राजीनामा दिएर घर बसेको भेटिएको छ ।

विशेषगरी काठमाडौं उपत्यकाका निजी अस्पतालहरुमा डाक्टरहरु घर बसेका छन् । संकटको घडीमा उपचार गर्नुपर्ने अवस्थामा डाक्टरहरु लुक्न थालेपछि चिकित्सकहरुप्रति नकारात्मक धारणा बन्न थालेको छ । समाचार रिपोटर्स क्लबबाट



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv