अन्तराष्ट्रिय उडान २०७७ साल बैशाख बैशाख १८ सम्मका लागि स्थगित
काठमाण्डौं,चैत २५ । सरकारले अन्तराष्ट्रिय उडान र अवतरण थप १५ दिन स्थगित गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले अप्रिल ३० तारिकसम्म अन्तराष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकमा आन्तरिक उडानका बारेमा भने छलफल जारी रहेको छ ।
अन्य देशमा कोरोनाको संक्रमण कायमै रहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै उडान थप बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । उनले मेडिकल सामानहरु नेपाल सरकारले बिशेष परिस्थीतमा अपनाउने बिधीका आधारमा खरिद गर्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक सामानको पहिचान गरि नेपाली सेनामार्फत जि टु जी मार्फत खरिद गर्ने निर्णय भएबमोजिम काम अघि बढिरहेको बताए। उनले बढि प्रभावित भएका स्थानमा र्यापिड टेष्ट सुरु भइसकेको जानकारी दिए ।
बैठकले लकडाउनका अवधिमा एक लाख १४ हजार तीन सय १६ बिपन्न परिवारलाई राहत बितरण भएको र ३०५ सय ६ जना क्वारेन्टाईमा रहेको जानकारी दिएको छ ।