पुरुषवादी यो समाजमा परिवर्तन मात्रै खोज्छे ऊ – ममता बस्याल (कबिता)
मिर्मिरे उज्यालो
अनि मनभरी डर र त्रासको तुसारो
बोकि किताबको भारी
कहिले उकाली त कहिले ओराली,
कुरा सबैको सुन्छे ऊ,
तर सपना आफ्नै बुन्छे ऊ
सन्सार बदल्नु छैन उसलाई
समाज सुधार्न खोज्छे ऊ,
हाँस्न खोज्दा उत्ताउली
अनि आँसु झर्दा नक्कली
सबको बचन सुन्छे ऊ,
“छोरी हुन्नन आफ्ना,
अर्कैको घर जान्छन्,
बिद्यालय होइन मेलापात पठाउ
केही गरि खान्छन् ।”
आफ्नैहरुको भीडमा पनि
सँधै एक्लै हुन्छे ऊ,
पुरुषवादी यो समाजमा
परिवर्तन मात्रै खोज्छे ऊ ।