चन्द्रागिरीमा सहयोगी मिलन समाजले मनायो तिज
काठ्माण्डौ,१६ भदौ । हिन्दूहरुको चाड हरितालिका तिज आउनु अगावै तिजको रौनक देशै भर छाएको छ । शनिबार सहयोगी मिलन समाजले पनि चन्द्रागिरीमा आफ्नो दोस्रो वार्षिक साधारण सभा तथा तीज कार्यक्रम गरी मनाएको छ ।
सो समाजका अध्यक्ष प्रकाश रेग्मीको सभापतित्वमा संचालन भएको थियो भने प्रदेश नं ३ का प्रदेश सभा सदस्य बेली माया घलेको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
पहिलो चराणको कार्यक्रम साधारण सभालाई शुभकामना दिन चन्द्रागिरी का प्रहरी प्रमुख , महिला माननीय, महिला अधिकारकर्मी लगाएतका बक्ता हरुले शुभकामना दिनु भएको थियो । उक्त अवसरमा सो क्षेत्र बाट २०७५मा एस ईई पास गरेका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सम्पन्न ‘सहयोगी मिलन’ समाज को दोस्रो साधारण सभा बाट श्री बलाजी खाती को अध्यक्ष ता मा ७ सदसिय नया कार्यसमिती चयन गरीएको आयोजक कमिटिले जनाएको छ।