नेपालमा आजै १४ जना थपिए नयाँ कोरोना संक्रमित, जम्मा संख्या ३० पुग्यो (भिडियो सहित)
काठमाण्डौं,बैशाख ५ । उदयपुरको मस्जिदमा लुकेर बसेका भारतीय नागरिक सहित १२ जनामा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेकाहरुको स्वाब परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ पाइएको हो।
भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो ।
त्यस्तै चितवनमा दुई नेपालीमा कोरोना सं क्रम ण पुष्टि भएको छ । चितवनमा भेटिएका कोरोना सं क्रम ण पुष्टि भएका मध्य ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा हुन् उनीहरु चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फ रा र रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०÷४५ वर्षका रहेको उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार आज १२ः३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस स ङ्क्र मण सम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्ररूपले भइरहेको छ । बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ ।
प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ ।