नेका नेता अब्दुल सत्तारको आरोप : ओली सरकार निरंकुश तिर उन्मुख (भिडियो अन्तर्वाता)
केपी ओलीको सरकार आफ्नो कोठरी भित्र रमाएको र संस्थागत भ्रष्टाचारमा लिप्त रहेको नेपाली काँग्रेस महासमिती सदस्य अब्दुल सत्तारले आरोप ल्गाएका छन । बुधबार नियात्रा टिभी सँगको अन्तर्वाताका क्रममा वहाँले उक्त कुरा भन्नु भएको हो ।
यो सरकार कुनै भिजन बिना नै अगाडि बढी रहेको भन्नु भयो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यायधेशले मुलुकमा ठुलो भुँईचालो ल्याउने र अब जुनसुकै दुर्घटना निम्तन सक्ने हुनाले यो अध्यायदेश राष्ट्रको हित बिपरित र वहाँको असाध्यै ठुलो स्वार्थ भएको भन्नु भयो । यो असाध्यै दु:खद र रहस्यमय रहेको छ । यो सरकार एक दलिए शासन ब्यवस्थामा जान चाहेको आरोप पनि लगाउनु भयो ।
ओली सरकारको रवैया यस्तै रहयो भने यसरी नै अध्यायदेश ल्याउने अवस्था रहयो भने अब आउने निर्वाचन नहुन सक्छ । गणतन्त्रको निर्वाचन यो अन्तिम पनि हुन सक्छ दावी गर्नु भयो । कमन्युजमले के भन्छ भने जनताबाट अनुमोदित भएर आउने हो,बारम्बार अनुमोदित हुने होइन एक पटक अनुमोदित हुने हो,वहाँ दुईतिहाइको सरकारमा भएपछी अरु दललाई फुटाएर आफुलाई ल्याए पनि दुई तिहाई पुर्याउने अथवा अफुलाई समस्या पर्यो भने वा आफ्नो दल फुटाउनु पर्यो भने पनि वहाँले सजिलोका लागि दलसम्बन्धी ब्यवस्थामा यो अध्यायदेश ल्याउनु भएको हो जुन दुर्भाग्यपूर्ण छ । हेर्नुहोस् भिडियो :-
बहुदल संबिधानमा राख्नु पर्छ भनेर तत्कालिन एमालेले राख्नु पर्छ भनेर जोड गरेका हुन,तर नेपाली काँग्रेसको एकल प्रयासले मात्र बहुलवाद रहेको हो । यदी त्यती बेला बहुलवाद नरहेको भए अहिले सम्म मुलुक शासन ब्यवस्थाको रुप अर्कै गई सकेको हुन्थ्यो । प्राधानमन्त्री केपी ओली ले पनि के बुझीरहेका छन भने यो अध्यायदेशको छनक के आउँछ भने बहुलवाद नभई बहुदलको अवस्थामा जान सक्ने हुन सक्छ भन्ने मलाई लागेको छ । भन्नु भयो । सबै राज्यका निकायहरु र राज्यका अंगहरुलाई कमजोर बनाए पछी मात्र एकिक्रित शासन लागु गर्न सकिन्छ भन्ने कुरा कम्युनिस्टका नेताहरुलाई प्रसस्त थाह छ । भन्नु भयो ।
जुन मुस्लिम समुदायमा अहिले कोरोनाको संक्रमण आयो र जनमानसमा पनि मुस्लिम समुदाय भनेको संक्रमण लिएर हिंड्ने समुदाय हो भन्ने किसिमको एउटा गलत प्रचार भयो त्यो साध्यै दु:खद छ । यो प्रती म असाध्यै दुखित छु र हामीले भन्दा भन्दै सामुहिक रुपमा चैं नबस्नु र बिदेशी मनिसहरुलाई आरक्षण नदिनु र घरमा संरक्षण नदिनु हामीले भनेका थियौं तर त्यो नमानेका कारणले गर्दा आज भारतबाट आएका मुस्लिमहरुलाई संरक्षण दिएका कारण सिंगो नेपालको मुस्लिम समुदाय बदनाम हुन पुग्यो अवजस ब्यहोर्नु पर्यो चाहेर नचाहेर पनि,जानेर नजानेर पनि त्यो गल्ती भएको हो ।
कोरोना संक्रमणले पुर्वी तराईमा रहेका मुस्लिम समुदाय प्रति परेको भ्रम र गलत समाचार फैल्याउन नहुने बताउनु भयो ।