१८औँं एशियाली खेलकूदमा रजत पदक विजेता खेलाडीहरुलाई सम्मान
काठमाण्डौ, १८ भदौ । इण्डोनेसियामा हालै सम्पन्न १८औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिम लाई तथा सम्पूर्ण सहभागी खेलाडीहरुलाई सोमबार राजधानिमा बधाई तथा सम्मान गरिएको छ ।
सम्पूर्ण घोडाको बग्गीमा राखेर त्रिपुरेश्वरबाट सुन्धारा, रत्नपार्कहुँदै राष्ट्रिय सभा गृहमा पुर्याएर सम्मान गरिएको थियो। एशियाडमा नेपाललाई एक मात्र पदक दिलाउनले प्याराग्लाडिङका ५ खेलाडी छन् । खेलाडी सहित मुख्य प्रशिक्षक लगायतको टिमलाई पदक विजेता खेलाडीलाई नगद ५ लाख सहित सम्मान गरिएको हो।
नेपालले पुरुष टिम क्रस कन्ट्री प्रतिस्प्रधामा रजत पदक हात पारेको थियो । सो पदक करिब दुई दशकपछि नेपालले एशियाली खेलकुदमा जितेको सबैभन्दा ठूलो पदक हो ।