भोट नदिएको भन्दै राहत नदिएपछि अध्यक्षकाे हर्कत छताछुल्ल
बारा,बैशाख १५ । बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं ६ पटेर्वा टोलको वडा अध्यक्ष मधुसुधन प्रसाद जैसवालले कोरोना भाइरस कोभिड १९ महामारीको बेलामा पनि राहत वितरणमा कार्यमा काखापाखा गरी पिडित गरिब, असाहय, अति विपन्न वर्गका जनताहरु सँग राजनीति गरेका छन् राहत वितरण भइरहेको सो वडमा १३८ जना गरिब, असाहय, अति विपन्न वर्गका मानिसहरु राहत माग्न जादा खेरी तिनीहरुले वडा अध्यक्षलाइ भोट नदिएको भन्दै त्याँहाबाट लखेटि दिएका थिए ।
ती पिडितहरुले बाराको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडित समक्ष गुहार गर्न जादा खेरी तपाइहरुकै गाउँपालिकामा आएर हेर्छु भनी फोनबाट जानकारी गराउनु भो पिडितहरु बसिरहेको ठाउँमा प्रमुख जिल्ला अधिकारी पंडित १२: ३० मा पुग्दा खेरी पिडितहरुको पिडालाइ नसुनीकन पिडितले दिएको उजुरी पत्रमा तोकमात्र लगाइ वडा अध्यक्ष जैसवाललाइ नबोलाइकन सोधपुक्ष नगरीकन तोक लगाएको निवेदन वडा अध्यक्षले पठाएको मान्छेलाइ दिएर हिडनु भए पछि माइ टिभी का व्यूरो इन्चार्ज फोन मार्फत बुझ्दा खेरी मैले गर्नेकाम गरी सकेको छु तपाइको चित बुझेन भने अख्तियार अनुसन्धानअको कार्यालयमा गइ उजुरी गर्नुस भनी फोन राखिदिएको राहत वितरणको सो सम्बन्धमा वडा अध्यक्ष जैसवाल सँग भरपाइ माग्दा खेरी वडा सचिवले लिएको हो बताए सो वडाका वडा सचिव महेन्द्र गिरी सँग सोध्दा खेरी वडा अध्यक्षाले नदिएको बताए एकले अर्कामा माथि दोष मात्र थुपार्न चाहे । राहत वितरण भएको भरपाइ सार्वजनिक नगर्ने नियत देखियो ।
गरिब असहायहरुलाइ कम संख्यामा राहत बाडेको तथा आफ्नो आसेपासेहरु, नाम चलेका धनी व्यक्तिहरुलाइ राहत वितरण सामग्री वितरण गरेको सो वडाका भद्र भलादमी तथा पिडितहरुले बताएका छन् ।
सोही गाउँपालिकाका प्रशासकिय अधिकृत प्रमोद कुमार साहले मिति २०७६ र १२ र २४ गते दरभाउ पत्र स्वीकृति भएको सूचना श्री जैसवाल स्टोर्स एण्ड सप्लार्यसलाइ स्वीकृति दिएको थियो । सो सप्लार्यसका सचालक सोही वडा अध्यक्षका आफ्नै भाइ प्रमोद जैसवाललाइ भनसुन गरी स्वीकृति दिलाएको र सो सप्लार्यसका कुनै पनि खाधान्न स्टोर कुनै पनि ठाउँमा नरहेको झोले सप्लार्यस कम्पनी भएको त्याँहाका स्थानियहरुले आरोप समेत लगाएका छन् ।
प्रमुख जिल्ला अधिकारी पंडित तथा वडा अध्यक्ष जैसवालको यस्तो रवैया देखेर सो वडाका १३८ जना पिडितहरु चिन्तित भएको छ । ती पिडितहरुलाइ कसले कसरी र कति दिनमा राहतको व्यवस्था गराइदिने छ भने मुख दर्शक बनेका छन् । सम्बन्धित माथिल्लो सरोकारवालाहरुको छिटो भन्दा छिटो सबैमा ध्यान पुगोस भने पिडितहरुले आस गरेका छन् ।