ठकुरी सहयोग सन्जालको तीज कार्यक्रममा बलात्कारीलाई फाँसीको सजाय माग गर्दै हस्ताक्षर संकलन सुरु
काठ्माण्डौं,२४ भदौ । ठकुरी सहयोग संजालले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको दर खुवाउने कार्यक्रम गरी मनाएको छ र ।
शनिबार संजालको कार्यलयमा सम्पन उक्तकार्यक्रममा ठकुरी महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो कार्यक्रममा बलात्कारीलाई फाँसी दिनु पर्ने माग राख्दै हस्ताक्षर अभियान पनि शुरु गरिएको छ ।
संजालका अध्यक्ष रेशम जंग शाह , सल्लाहकार किरण मल्ल, उपाध्यक्ष अभिशेक जंग शाह शुभकामना तथा महिला हिंसा बिरुद्ध बोल्नु भएको थियो ।