‘बैरीले मध्यरातमा रेड हान्दा रातो झन्डा बोकेर एक्लै युद्ध मैदानमा होमिएकी, आस्थाको त्यत्रो सगरमाथा यति छिट्टै पग्लेला भन्ने बिस्वास कसरी गरुँ मेरि प्यारि दिदि !’
काठमाण्डौं,बैशाख १७ । तत्कालिन माओवाद जनयुद्धको बेलामा आफ्ना परिवारको साथमा रहेर साथ दिँदै आएकी बाँके कोहलपुरकी मनुकला भण्डारीको मंगलवार निधन भयो । नेपाल कम्युनिष्ट पार्टीका सदस्य समेत रहेकी भण्डारी तत्कालिन माओवादी द्धन्द्धमा निकै सकृय महिला हुन् । अहिले उनको छोरी इजरायलमा छन् ।
लकडाउनका कारण आमाको निधन हुँदा पनि उनी नेपाल आउन सकिनन् । परिवारकै अर्का सदस्य तुलसी पाठक पनि क्यानडामा छन् । उनी नाताले भदा (दाइका छोरा) हुन् । तत्कालिन माओवादी द्धन्द्धका क्रममा आफ्ना भाई र ज्वाईलाई गुमाएकी भण्डारी आफै पनि युद्धको मैदानमा सकृय थिइन् । राजनीतिक यात्रामा संधै साथ रहेकी दिदी (फुपु)लाई जिवनको अन्तिम अवस्थामा पनि भेट्न नपाएका भदा तुलसीले क्यानडावाट निकै मर्मस्पर्सी स्टाटस लेखेका छन् । स्टाटस जस्ताको तस्तै ।
अलबिदा दिदि, हजुर नाताले मेरो बुवाको कान्छि बहिनी, मेरि फुपु दिदि । हामिले कहिल्यै फुपु भनेनौं, भन्यौ बस दिदि । दिदि अपनत्व दर्साउने शब्द थियो होला । हजुरले हिडेका बाटाहरु मेरा उमेर भन्दा लामा छ्न्, ति गोरेटाहरु छिचोल्दा हामि कति पटक सगै सुस्ताए हुँला। हामिलाइ सधै आगाडि लगाएपछि बल्ल हजुर उठ्नु हुन्थ्यो, खै त दिदि आज हामि भन्दा पहिलै लामो माहायात्रामा निस्कनु भो । दिदि हजुरको पटुकि बेस्कनि समातेर भन्न मन छ, “हामि अघि लाग्छ्म्, हजुर आउदै गर्नुहोला है” बेस्करी रिसाउन मन छ दिदि, हजुर सँग । जाँदाजादै पछडी नफर्कि अनन्त यात्राको रहस्यमय गन्तब्य तर्फ लाग्नु भो, हजुर बिना हामि पुग्ने कुनै बिन्दु होला र ?
दिदि, हजुर पुरै युग बोकेको महान इतिहास होइनर ? आफ्नै भाइ जनयुद्धमा शहिद हुँदा होस या आफ्नै छोरा सरह ज्वाईं सहिद हुँदा होस सर्बहारा बर्गका लागि हजुर शातिशाल हो । बैरीले मध्धे रातमा रेड हान्दा रातो झन्डा बोकेर एक्लै युद्ध मैदानमा साँस्क्रितिक गित घन्काएको हो नि दिदि । आस्थाको त्यत्रो सगरमाथा यति छिट्टै पग्लेला भन्ने रति बिस्वास कसरि गरु मेरि प्यारि दिदि ।
हजुर मेरो मात्र दिदि होइन, बिल्कुल होइन । राप्ती पारिका ति तमाम पिछडिएका थारु समाजको आस्थाको केन्द्र पनि हो । आज ति पिछ्डिएका बर्गले हजुरलाइ सोध्ने छ्न्, तपाइ यति छिट्टो जान पाउनु हुन्न, अझै क्रान्तिको आबस्यक्ता छ । हजुर जवाफ नदिने गरि लामो निद्रामा जान कसम पाउनु हुन्न । राजनैतिक उठ्बसका बिगुल फुक्दै स्वर्णिम सन्सार को कल्पना गर्दै १२ बर्षे जनयुद्ध हामिले नै शुरु गरेकै हो नि । हजुरको बलिदान इतिहासले बताउने छ । किन आज सर्बहरा बर्गको बिजय नहुदै हजुर एक्लै जानुभो कता हो कता !
त्यस्तै शाता यक भय होला बिश्वब्यापि महामारिको बिषयमा पनि हाम्रो कुरो भा’थियो, राम्रो सँग बस्नु, ति पराइ देशले हेला गरे यतै फर्किनु भनेको झल्को किन यति सारो आउन परेको ? अस्ति मात्रै हो आमाको मुख हेर्ने दिनमा फेरि बुवा लाइ सम्झेथे । बुवा त पहिल्यै गै सक्नु भा’थियो, बुवाको मुख हेर्ने दिनमा हजुरलाइ हेर्छु दिदि, अब बुवाको मुख हेर्ने दिन आउन पर्यो
सात समुन्द्र पारि बाट आउदा आमा भन्दा पहिला हजुरलाइ दिदि हामी आयौं है भनिन्थियो । हजुर घर आउदा बा नै फेरि फर्किनु भो कि जस्तो हुन्थ्यो । हजुरका दुइ दाजु र एक भाइको अशेट मेट्ने हजुरनै होइनररु हजुरका भदाहा हरुले कति माया गर्दा रहेछ्न थाह पाउनु भो नि । जनकले कति रु वायो सबैलाइ । आउनु जानु त सबैलाइ छ, अलि छिट्टो जानु भो भन्ने गुनासो रह्यो दिदि ।
यउटा कुरो भन्छु दिदि है, हजुरले हाम्रा ति ३ दाजु भाइ बुवा, माइलो बुवा, कान्छो बुवालाइ भेट्नु भो भने कतै सबै ठिकै छ भन्दिनु ल, साम्यबादि दर्शन मै छन भनि दिनु होला ! दिदि आज फेरि यौटा ठुलो सुनामी गा’छ मुटुमा, ल त दिदि यस्तै रैछ । दिदि, मलाइ एक्छिन एक महासागर रुन छाडिदिनु ल, हजुरको सम्झनामा यौतटा त हिमाल पग्लिन दिनुसन है। हामि समालिन केइ समय थामि दिनु न है। हजुर गै सक्नुभो “महापरिनिर्भाण”।
कहिलै अलबिदा नभन्नु ह है दिदि, हामी सँगै छौं ।