लकडाउनबाट प्रभावितहरुलाई नयाँबानेश्वरका युवाहरु द्धारा निशुल्क भोजन गराउँदै
काठमाण्डौं,बैशाख २२ । कोरोना भाइरस COVID19 को कारण लकडाउनबाट प्रभावितहरुलाई नयाँबानेश्वरका युवाहरुको क्लब तेस्रो आँखा युथ क्लब ले १ हप्ता देखी मजदुर र बिपन्न परिवारलाई बानेश्वर क्षेत्रमा निशुल्क भोजन गराइ रहेको छ । काब्य स्कुल प्राँगणमा दिउँसो ३ बजे देखी ५ बजे सम्म दैनिक भोजन गराइ रहेको तेस्रो आँखा युथ क्लबका संस्थापक अध्यक्ष अनिल थापा पुरुषोत्तम ले बताए ।
दैनिक ३०० देखी ३५० जनालाई निशुल्क भोजन गराइ सामाजिक कार्य गरी रहेको अध्यक्ष थापा ले बताउनु भयो । सुरुमा भक्त बिबी हेल्पिङ हेन्ड्स फर ह्युमानिटी संस्थाको आर्थिक सहयोग गरी भोजन गराएको र अहिले मनकारी सहयोगी महानुभावहरुको सहयोगमा दैनिक खाना बितरण भई रहेको पनि जानकारी दिनु भयो ।