नेताहरुले बन्दुक बोकाएर आफ्नो स्वार्थको लागि हामीलाई छर्रा बनाइ प्रयोग गरे – निर बहादुर तमाङ (पुर्व मावोवादी लडाकु )
काठमाण्डौं,बैशाख २७ । नेताहरुले बन्दुक बोकाएर आफ्नो स्वार्थको लागि हामीलाई छर्रा बनाइ प्रायोग गरेको पुर्व माओवादी लडाकु निर बहादुर तमाङले आरोप लगाउनु भएको छ । सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नं ३ घर भई हाल घर को खेती किसानी मै ब्यस्त रहेका तमाङ को १० बर्षे जनयुद्धकालमा आफुले भोगेका अनुभव र सल्लेरी हमलामा के कसरी तयारी गरीएको थियो भन्ने बारे पनि सुनाए । भन्छन लडाईमा सबै एकै पटक होमिएको हामी जनमुक्ती सेना यती ठुलो त्याग र बलिदान ले ल्याएको गणतन्त्र आखिर प्रचन्ड को ब्यक्तीगत स्वार्थमा चुर्लुम्म डुबेर सकिएको छ ।
हाल सभामुख रहेका अग्नी सापकोटा सँगै युद्धको मैदान उत्रिए पनि पछिल्लो राजनीति अवस्था देखेर निरास बनेका छन । यो जनयुद्धमा नलागेर आफ्नै घरको खेतीकिसानी या ब्यापार गरेको भए अहिले सम्म घरपरिवार र मेरो राम्रै आर्थीक अवस्था राम्रै हुने थियो उनले भने ।
लकडाउनको बेला उनको गाउँमा पनि धेरै समस्या रहेको र राहतको कुनै योजना पनि त्यो क्षेत्रमा अहिले सम्म नआएको गुनासो पोखे । हेर्नुहोस् नियात्रा टिभीका रतन चन्द सँग गरिएको कुराकानी को अंश :-