कोभिड १९ बाट मृत्यु भएको सिन्धुपाल्चोककी महिलाको घटनाबाट के अनुमान गर्न सकिन्छ ?

काठमाण्डौं,जेठ ४ । कोभिड १९ बाट मृत्यु भएको सिन्धुपाल्चोककी महिला टोखामा बस्थिन | प्रसव गराउन उनी बैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन् | २४ गते सामान्य अबस्थामा डिस्चार्ज भएकी उनी २५ गते बाह्रबिसे गएकी थिइन् | त्यहाँ उनी बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन | उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याइयो | त्यसको आधाघन्टामा उनको उपचारको क्रममा मृत्यु भयो |सो घटनाको सम्बन्धमा जन-स्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेले आफ्नो बिचार सार्वजनिक गरेका छन ।

तल हेर्नुहोस् उनले बुँदागत रुपमा तयार पारेको बिचार

१. उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ | शिक्षण अस्पतालबाट सरेको भए सरेको ८- १० दिनमै मृत्यु हुने थिएन | सेप्टीसेमियाबाट मृत्यु भएको भए पिसिआर पोजिटिभ देखिने थिएन | सामान्यतया संक्रमण भएको ३ – ६ हप्तामा मृत्यु हुन्छ | उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहिन कोरोना संक्रमण भएको हुनसक्छ |
२. कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुती गराउने बिरामीलाई पिसिआर परिक्षण गरेको भए उनलाई प्रसव गराएर आइसीयुमा राख्ने अवसर मिल्थ्यो |

३. गर्भवती तथा सुत्केरीलाई जोखिम बर्ग मानिन्छ | यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो |
४. हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ | सर्जरी गर्ने तथा प्रसव गराउने जस्ता बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको छ | यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन |
५. अस्पतालबाट संक्रमण सर्ने सम्भावना अध्ययन गर्नु र तदनुसार हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ |
.
मृतक बहिनीप्रति हार्दिक श्रद्धान्जलि तथा शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गर्दछु |



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv