‘प्रेम’ सम्बन्धको हत्यारा ‘बिबाह’ हो -अन्जना सिवाकोटी (बिचार)

काठमाण्डौं,जेठ १४ । प्रेम सम्बन्ध भन्नाले कुनै बिपरित लिङ्गीको शारीरिक बिकास भए सगै दुई बिचको आकर्षणले एउटा सुन्दर चाहनाद्धारा निर्मित नाजुक सम्बन्धनै प्रेम हो । प्रेम सम्बन्धमा जात ,रंग, पेशा, परिवार ,समाज केहिको पनि प्रभाव रहदैन ।

प्रेम गर्नेहरुको सन्सारमा केवल माया मात्र प्रमुख हुन्छ । प्रेमको सागर तब सम्म बगिरहन्छ जब सम्म प्रेममा बिबाह सम्बन्धको कुरा चल्दैन । बिबाह सम्बन्ध एउटा यस्तो सम्बन्ध जहाँ प्रेम हुन जरुरी हुदैन । प्रेम सम्बन्ध दुइ व्यक्तिको राजी खुशीमा हुन्छ भने बिबाह सम्बन्धमा घरपरिवार इस्टमित्र सबैको सहभागीतामा राजिखुशीमा हुन्छ जस्मा धर्म संस्कार, कुल, जात, पेशा, रोजगारी,भुगोल, परिवारिक स्तर सबै सबै प्रमुख रहन्छ र यी सबै प्रमुखता परेकै कारण रुकुममा अप्रिय घटना घट्यो एउटा प्रेम सम्बन्धको अन्त्य भएको हो ।

एउटा प्रेमी मारिन गयो जुन आजको समाजको लज्जास्पद घटना हो । यो घटना हाम्रो समाजको एउटा प्रतिनिधि मुलक घटना मात्र हो । समाजमा यस्तो प्रेमको गला प्राय सबै घर परिवारले काटेका पाइन्छ । आफ्नो प्रेम लाई तिलान्जली दिएर परिवारको इच्छामा आफ्नो जिवनको सम्झौता गर्न बाध्य छन् । सास त छ शरीरमा तर प्राण छैन बास मात्र बाँचेका छन् ।

अक्सर प्रेम सम्बन्धको हत्या बिबाहले नै गरेको पाइन्छ । दुई अपरिचित व्यक्तिहरु दुई परिवारको इज्जतका निम्ति सामाजिक प्रतिष्ठा कायम राख्नका निम्ति आफ्नो पुरै जीवन सम्झौतामा बिताउन बाध्य हुन्छन् जुन सम्झौतामा जिवनको अन्त्य सम्म पनि प्रेम पलाउने कुनै ग्यारेन्टी हुदैन । बिबाह बिनाको प्रेम लाई अनुमति नदिएको हाम्रो समाजले प्रेम बिनाको बिबाह लाई भने इज्जतका साथ स्थान दिएको छ । अन्जना सिवाकोटी



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv