“रिमा साईराम सेवा घर”: प्रवासको रोजगारले जन्माएको मानव सेवा धर्म जस्ले उनलाई नेपालमा पनि काम गर्न सहज बनायो (भिडियो)
काठमाण्डौं,साउन १ । भनिन्छ जीवन एउटा फुल जस्तै हो फक्रिंदा सवत्र मगमगाउने झरे पछी पैतलाको धुलो , तर बाँचुन्जेल सकेसम्म असाय दिनदुखीहरुको सेवामा समर्पण गर्नु नै जीवन सार्थक र सफल हो । हजुर यस्तै कुरामा रमाउने नारीको नाम हो रिमा सापकोटा अर्थात रिमा साईराम ।
बुवा स्व चेतनाथ सापकोटा र आमा दुर्गा सापकोटाकाे कोखबाट काभ्रे जिल्लामा जन्मिएर प्रवासको इजरायल हुँदै काठमाण्डौंलाई आफ्नो कर्म भुमी बनाउँदै आउनु भएकी रिमाको आफ्नै कथाब्यथा छन । इजरायलमा हुँदा गरेको काम नै ब्रिद्धब्रिद्धाको सेवामा समर्पित हुने रहर अहिले एउटा लक्ष्य बनेको छ ।
हो उनको यो लक्ष्यले आज आफ्नै नाममा काठमाण्डौंको गोल्फुटारमा “रिमा साईराम सेवा घर” निर्माण हुन थालेको छ । आउनुहोस् रिमा साईराम सेवा घर के हो र कसरी तयार हुँदैछ भन्ने बारे तयार पारीएको यो भिडियो हेर्नुहोस् :-