जंग बहादुर कि नातिनी जेनी ले पशुपती बाट राष्ट्रपति र प्रधानमन्त्रीलाई लगाइन यस्तो आरोप ( भिडियो सहीत )
काठमाण्डौं, साउन ६ । जंग बहादुर कि नातिनी जेनी कुंवरले राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्ध लाई लिएर नकारात्मक टिप्पणी गरेकी छिन ।
मंगलबार नियात्रा टिभिसँग गरिएको कुराकानीका क्रममा उनले उक्त कुरा बोलेकी हुन ।
उनले भनिन “महिला राष्ट्रपति हुँदा पनि देशमा कुनैपनि महिला आज सम्म सुरक्षित हुन नसकेको र दिनहुँ महिलाहरुले अत्याचार बलात्कारको शिकार भई रहेको छ । त्यसैले अब हिजो मैले प्रहरीलाई थुने र अब म राष्ट्रपतिलाई आक्रमण गर्छु । जसले आफ्नो श्रीमानको हत्यारा पत्तालगाउन सक्दैन त्यस्तालाई पदमा रहन कुनै आवश्यक छैन । ”
एक अर्को प्रसंगमा उनले प्रधानमन्त्री के पि शर्मा ओली को प्रसंसा पनि गरिन ” म के पी बा को सम्मान गर्छु उनको अडान लाई सलाम गर्छु । उनले दुई तीनवटा कुरा राम्रा गरेका छन पहिलो भारत सँग झुकेनन, दोस्रो नेपालको नक्सा सार्वजनिक गरे,तेस्रो राम जन्म भुमी र राम का बिषयमा बोले । ”
भारतको उत्तरप्रदेश मुख्यमन्त्री आदित्यनाथ र भारत कै प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी दिदै भनीन “भारत भनेको उनीहरुको होइन अयोध्या भने को हाम्रो नेपाल भुमी हो ।” तीनीहरुलाई त थिचोमिचो गरेर आएको हुँ तर मिडियाले लुकाइ दियो ।”
उनको बोलिमा एक प्रकारको आक्रोस थियो त्यो आक्रोस सँगै बिश्वमा सत्य युग आई सकेको र अब राम राज्य आउने बताइन असोज सम्म यो देशमा सत्ययुग अर्थात रामराज्य हुन सक्ने भनिन । हेर्नुहोस् भिडियो :-