कुलमान घिसिङ नेपालीहरुका लागी अहिले रोल मोडल – किरण शाह ( बिचार )

काठमाण्डौं,भदौ १० । कुलमान घिसिङले नत जात नत लिंङग नत धर्मको प्रतिनिधित्व गर्छन् गर्छन् त केबल योग्यता क्षेमता अनी इमानदार नेतृत्वको। दिनमा १८ घण्टा अँध्यारोमा दिन चर्या बिताउन बाध्य नेपालीहरूलाई कुलमान घिसिङले उज्यालो तर्फ डोराएका मात्र होइनन् सेतो सुनको रुपमा परीभाषीत जलबिधुतको अपार सम्भाब्यता र सदुपयोगको उजागर गरेका छन्। बिधुतीय उर्जाको सही सदुपयोग र सम्भाब्यताको बारेमा हामीले बिस्वमानै दोस्रो धनी राष्ट्र नेपालहो भनी कोर्स रुपमा किताबमा मात्र पढेका थियौ तर ब्यबहारमा कोरा कल्पना जस्तै थियो कुलमान घिसिङले त्यही कोरा कल्पनालाई बिपनामा साकार गर्न सक्ने आधार तय गरी दिएका छन् ।

उनी बिधुतीय उर्जाको अहिलेको लागी बिषेशज्ञ मात्र होइनन् मास्टर माईण्ड पनी हुन किनकी उन्ले आफ्नो कुशल नेतृत्वको भरपुर प्रयोग गरी बिधुत प्राधिकरणलाई सफल र शसक्त संस्थाको रुपमा उभ्याउन सफल भएका छन्। कुलमान घिसिङ नेपालीहरुका लागी अहिले रोल मोडल हुन त्यसकारण अबका दिनमा पनी कुलमान घिसिङको योग्यता र क्षमताको भरपुर सदुपयोग गर्नु पर्छ ।

कुलमान घिसिङ आफ्नो पदीय जिम्मेवारी र दायित्वमा खरो उत्रेको मात्र होइनन् सफल्ता पनी चुमेका छन् त्यसकारण त्यही जिम्मेवारी र त्यही पदमा उन्लाई थन्क्याउदा उनी रमाउन नसक्ने मात्र होईन उन्को कार्य क्षमतामा अझै निखार र रचनात्मक नआउन पनी सक्छ त्यसकारण उन्ले सम्हाल्दै आएको त्यो पदमा उन्कै सिफारिसमा उन्ले इच्छाएको उन्लाई सहज हुने ब्यक्ती नियुक्त गरी कुलमान घिसिङलाई जल बिधुत सम्बन्धी महत्वपूर्ण भुमिका खेल्ने र राख्ने उर्जा तथा जलश्रोत मन्त्रीका रुपमा सिंगो मन्त्रालयको जिम्मेवारी दिनु उपयुक्त हुन्छ।

यदी उन्लाई स्वतन्त्र रुपमा हस्तक्षेप नगरी कार्य गर्न दिनेहो भने हिजो हामीले कोर्सको रुपमा किताबमा पढेको सेतो सुनको माध्यम ८३ हजार मेघावाट बिधुतीय उर्जाको सपना साकार गरी समृद्ध नेपाल र सुखी नेपालीको पाईला अगाडी बढाउन सफल हुंनेछन् त्यसकारण कम्तीमा पनी योग्यता र क्षमताको कदर गरौ नत्र काण्डै काण्ड माथी अर्को कुलमान घिसिङ काण्ड थपीने छ। अब ” तिमी छौ र उज्यालो छ मात्र होइन तिमी भए देशको सपना साकार हुनेछ “जय देश। किरण शाह ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv