काठमाण्डौका सडकमा डमी ट्राफिक उभिएपछी
काठमाण्डौं,भदौ १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जनसचेतना अभिवृद्धिको लागि काठमाडौं उपत्यकाका विभिन्न २२ वटा ठाँउमा काल्पनिक ट्राफिक प्रहरी (डमी) राखेको छ। डमीको हातमा ट्राफिक नियम उल्लंघन गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुने लेखिएको बोर्डसमेत राखिएको छ । यो ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौ महानगरपालिकासँग सहकार्य गरी राखेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनु भएको छ ।