कानुन,धर्म र आस्थाको बिचमा निचारिएको एक वर्दीवाला – रतन चन्द (बिचार)
काठमाण्डौं, भदौ १९ । हिजो दिनभर ललितपुर तनावग्रस्त हर्यो । धार्मिक तथा एतिहासिक महत्व बोकेको रातो मछेन्द्रनाथको रथ तान्ने सर्वसाधारणहरुले ललितपुरमा लागु गरिएको निषेधाज्ञाको अवज्ञा गर्दै रथ तान्ने प्रयास गर्दा उत्पन्न भएको झडपले प्रहरी,पत्रकार र सर्वसाधाणहरु घाइते भए ।
यो सम्भवत पहिलो घटना होला । राज्य यतीबेला कोरोना संक्रमण सँग युद्ध गर्दैछ । तर धार्मिक आस्थालाई खलल हुन नदिकन सामाजिक दुरी कायम गरी पूजापाठ गर्ने ब्यवस्था मिलाउन नसक्नु कै परीणाम हिजोको घटना हो ।
प्रशासनले पाएको जिम्मेवारीलाई बल र शक्तीले मात्र कार्य गर्न सकिन्छ भन्नु भुल भएको छ ।
त्यो बेला थियो जब काठमाण्डौंमा चिल्ला सडक थिएनन र पनि धार्मिक आस्था बोकेका हजारौंले रथ तानेर जात्रा पुजा गर्ने गर्थे । तर अहिले समय र बाटो बदलिएको छ । यस्तो आधुनिक शैली र जमानामा परम्परादेखी चलिआएको रितलाई निमिट्यान्न नपारी अहिले महामारीको समयमा केही सर्वसाधारण र सुरक्षाकर्मीको सहयोगमा मछेन्द्रनाथको रथ तान्ने ब्यवस्था गर्न सकेको भए हिजोको घटना हुने थिएन ।
अन्तत: सरकारको अकर्मण्यता,सर्वसाधारणको मुर्खताका कारण घटेको घटनामा निर्दोष ट्राफिक प्रहरी घाइते हुनु दु:खद एवं कानुन,धर्म र आस्थाको बिचमा निचारिएको एक वर्दीधारी बनेका हुन ।
त्यसैले यस्ता घटनाको आडमा राजनीतिकरण नहोस् , घटनाका दोषीलाई कार्वाही होस् साम्प्रदायिक तथा क्षेत्रीय विभेद सिर्जना नगरियोस् ! नत्र यसैको अवसर छोपेर राजनीतिको गन्ध आए राज्यले ठुलो मुल्य चुकाउनु पर्न सक्छ ।