गुरु कर्णबिरले आफ्नै पहलमा बनाउने भए चेपाङ बस्तीमा १०८ घर
काठमाण्डौं,असोज १८ । गुरु कर्णबिरले आफ्नै पहलमा मकवानपुरको चेपाङ बस्तीमा १०८ घर बनाउने भएका छन । शुक्रबार नियात्रा टिभी सँग गरिएको बिशेष कुराकानीका क्रममा वहाँले उक्त कुर बताउनु भएको हो ।
एक प्रसँगमा वहाँले भन्नु भयो अहिले “सनातन धर्म बिरोधी गतीविधी भईरहेको देख्दा दु:ख लाग्छ । नेपाल हिन्दूहरुकै पावन भुमी हो, करोडौं बर्ष पहिले देखी नै चलिआएको रित र परम्परा संस्कारलाई निमिट्यान्न पार्ने प्रयास बिनासको बाटोमा लम्किनु हो । म हिन्दू परम्परा र संकारमा जन्मिएको भए पनि जुनसुकै धर्म र आस्थालाई मान्यता दिनुपर्छ भन्ने भनाइ को ब्यक्ती हुँ । ” हेर्नुहोस् भिडियो :-