फाल्गुनन्द जयन्ती आज, राष्ट्रपती र प्रधानमन्त्रीद्धारा शुभकामना ब्यक्त

काठमाण्डौं,कार्तिक २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिनु भएको छ ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा जोड दिने उनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।

सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविदका रूपमा पनि लिन सकिने राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली ले पनि आफ्नो सन्देशमा भन्नु भएको छ “राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँकाे शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु ।”



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv