साताकाे पहिलाे दिन आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घट्याे
काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपियाँ निर्धारण गरिएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार भने छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार ४ सय ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय १० रुपियाँमा कारोबार भएको थियो ।
केही दिनदेखि अन्तराष्ट्रिय बजारमा बढिरहेको सुनको मूल्य आज भने थोरै ओरालो झरेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ ।