होसियार ! तपाईको फेसबुकको पासवर्ड कसैले चोरेको त छैन ? फेसबुक सुरक्षित राख्न यसो गर्नुहोस् (भिडियो सहित )
काठमाण्डौं । पछिल्लो समयको तथ्यांक हेर्ने हो भने नेपालमा इन्टरनेट प्रयोगकर्ता बढेसंगै फेसबुक प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ । इन्टरनेट वर्ल्ड स्ट्याट को तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा मात्रै करिब एक करोड माथि जनसंख्याले फेसबुक प्रयोग गर्ने देखिएको छ जुन विश्वभरिबाटको ०.७ प्रतिशत हो ।
भिडियो हेर्नुहोस :
फेसबुकको प्रयोगकर्ता बढसंगै यससंग जोडिएका शुरक्षा चुनौतीपनि बढेको छ जस्तै ठगि , चरित्र हत्या ,ब्ल्याकमेल तथा व्यक्तिगत गोपनियताको हनन आदि इत्यादि। फेसबुक आफैले पनि व्यक्तिगत गोपनियता र सुरक्षालाई मजबुद गर्नका लागि ठुलो धनराशि खर्चेर काम गरेको दाबि गरेको छ र यसकालागी फेसबुकले प्रयोगकर्तालाई बिबिन्न फिचर हरु प्रयोग गर्न दिएको छ जसबाट हामीले हाम्रो फेसबुक खाता लाई सुरक्षित राख्न सक्दछौ साथै हाम्रो गोपनियता कायम राख्न सक्दछौ ।
के के छन् त महत्वपूर्ण सेटिंगहरु ?
१. दुई कारक प्रमाणीकरण ( Two factor Authentication ) : आफ्नो फेसबुक खात सुरक्षित राख्नको लागि यो सुबिधा प्रयोग गर्न सकिनेछ ।
२. टाइमलाइन सेटिंग (Timeline Setting) : यो सेटिंग आफ्नो गोपनियता कायम गर्नका लागि प्रयोग गर्न सकिन्छ
३. एप एंड लगइन ( App and Login ) : यो फिचरबाट आफुले कुन कुन एप मा फेसबुकको माध्यमबाट लग इन गरियो भनेर हेर्न सकिनेछ
४. तपाई को खाता कहाँ कहाँ लग इन छ ( Where You’re Logged In) : यो फिचर प्रयोग गरेर तपाइले आफु कुन कुन मोबाइल अथवा कम्प्युटरमा लगइन छु भनेर हेर्न सक्नुहुनेछ र साथै संकास्पद डिभाइसबाट लगआउट गर्न सक्नुहुनेछ ।
टिप्स
१ : आफ्नो पास्वोर्ड कोहि कसैसंग नबाँड्नुहोस्
२. सकेसम्म आफ्नो नाम ,थर र जन्म मिति अथवा आफ्नो सबैलाई थाहाभएको कुरा पास्वोर्डमा समावेस नगर्नुहोस
३. दुई कारक प्रमाणीकरण ( Two factor Authentication अनिवार्य लागु गर्नुहोस
४. महिनामा १ चोटी आफ्नो फेसबुकको पास्वोर्ड परिबर्तन गरिरहनुहोस
५: कुनैपनि सामाजिक संजालमा लाइभमा बस्दा आफ्नो मोबाइलको मेसेज देखिने गरि नराख्नुहोस , यसो गर्दा ह्याकरले तपाइँको दोहोरो कारक प्रमाणीकरणको गोप्य कोड चोरी गर्न सक्दछन ।