के तपाईलाई थाहा छ कपुरको मह्त्व कती छ ? कपुरले दिन्छ यस्ता फाईदा

काठमाण्डौं । कपुर हामीले पूजापाठ र आरती बाल्दा मात्र प्रयोगमा ल्याउने गर्छौँ । तर कपुरको बिशेषता पूजा पाठमा मात्र सिमित छैन । कपुर मानव स्वास्थयको लागि पनि निक्कै फाइदाजनक र लाभकारी मानिन्छ। यस्ता छन् कपुरका अनगिन्ति फाइदाहरु ।

जलेको ठाउँमा राहत हुन्छ । कपुर चिसो हुन्छ । त्यसैले शरीरको कुनै भाग पोलेमा कपुर लगाउन सकिन्छ । जसले पोलेको स्थानमा शीतल महशुस गरिन्छ । यसका साथै शरीरमा कपुरलाई घोलेर पोलेको ठाउँमा लगाए राहत मिल्छ । यो कपालको लागि फाइदा हुन्छ । कपुरलाई नरिवलको तेलमा मिलाएर लगाएमा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ। यसका साथै कपालमा ड्यान्ड्रफ आउँदैन । त्यसैले कपुर कपालको लागि धेरै लाभकारी मानिन्छ ।

कपुरले एलर्जीबाट पनि जोगाउँछ । जाडोमा हाम्रो छाला सुुख्खा भएर फुट्ने गर्छ । यसले छालामा एलर्जी आउने र छाला बिग्रिने हुन्छ । त्यस्तो अवस्थामा कपुरलाई नरिवलको तेलमा मिसाएर लगाएमा छालालाई एलर्जी हुनबाट बचाउँछ । साथै छालामा पनि चमक ल्‍याउँछ । कपुरले अनुहारमा चमक ल्‍याउँछ । कसैको अनुहारको चमक हराएको छ भने प्रत्येक दिन सुत्नु अगाडि कपुरको पाउडर काँचो दूधमा मिलाएर लगाएमा अनुहारमा चमक आउँछ ।

यस्ले शरीरको दुखाईलाई कम गर्छ । यदि कसैलाई ढाड वा शरीर भारी भएर दुखेमा वा मांशपेशी खुम्चिएर अल्छीपना आएमा कपुरलाई तेलमा मिलाएर मालिस गर्नुपर्छ । जसबाट शरिरमा आराम हुन्छ । पेट दुख्दा पनि कपुरले काम गर्छ । कोहि पनि व्यक्ति अचानक पेट दुखेर हैरान छ भने कपुरले आराम दिलाउँछ । एक गिलास पानीमा कपुुर हालेर पिएमा पेटलाई आराम दिलाउँछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv