सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा व्यवसाय सुरु गर्न कर्जा दिने ( भिडियो सहित )
काठमाडौं २६ कात्तिक । सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा व्यवसाय सुरु गर्न कर्जा दिने प्रक्रिया सुरु गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ को बजेटमा व्यवस्था गरे अनुसार वैदेशिक रोजगारीमा गएकाहरुलाई त्यहाँ सिकेको सीप अनुसारको काम नेपालमा गर्न १० लाख रुपैयाँ दिने प्रकृया सुरु गरेको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएपछि प्रक्रिया सुरु भएको हो ।
कर्जाका लागि नेपाल राष्ट्र बैंकले आफ्नो नजिकैको शाखाबाट सुविधा लिन सेवाग्राहीलाई आग्रह गरेको छ । यस्तै सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।