जन्म दिनको शुभकामना दिन गएकी कुन्जनालाई हरीवंशले दुब्ली भने पछी (भिडियो सहित )
काठमान्डौं २७, कात्तिक । हास्यकलाकार हरी बंश आचार्यले आज आफ्नो ६० औं जन्म दिन मनाएका छन । मंगलबार बिहान रेडियो अडियोको प्रांगणमा वहाँको जन्म दिन मनाईएको हो । उक्त कार्यक्रम मा हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, किरण के सी , जितु नेपाल ,सितारम कट्टेल, कुन्जना घिमिरे , दिपकराज गिरी, सन्दिप छेत्री , अभिनेत्री आँचल शर्मा , पत्रकारहरु ,चलचित्र कर्मीहरुको बाक्लै उपस्थिती थियो । नियात्रा टिभी को एक प्रश्न मा आफुले सँधै यसैगरी दर्शक श्रोता को माया पाउन सकुँ र हँसाइ रहन सकु भन्ने सन्देश दिए ।