ओली समूहले सूर्य चिन्ह र पार्टीको आधिकारिता नपाउने भएपछि सहसचिवको सरुवा गरेको खुलासा

काठमाण्डौं,माघ २ । अनौपचारीक रुपमा विभाजन भए पछि नेकपाका दुवै पक्षका नेताहरुले नाम र निर्वाचन चिन्ह आफुहरुले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपालको समुहले आफुहरु नै वैधानिक भन्दै आयोगमा निवेदन दिएका हुन् ।

निर्वाच आयोगले गर्ने निर्णयले नेकपाको भाग्यको पनि फैसला हुन्छ । तर यस्तो अवस्थामा निर्वाचन आयोगमा भएको सरुवालाई लिएर प्रश्न उठेको छ । निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेका ब्यक्तिहरुको अचानक सुरुवा गरिएको चर्चा सुरु भएको छ ।

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ । आयोगका दशौं बर्षदेखि काम गरिरहेका कर्मचारीहरुको सरुवा नभइरहेका बेला आयोगमा जिम्मेवारी सम्हालेको १० महिनामै गौतमको नेपाल कानुन आयोगमा सरुवा गरिएको आयोगको उच्च स्रोतले जानकारी दियो । उनको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई ल्याइएको छ । गौतमले गत फागुनमा आयोगको कानून शाखामा जिम्मेवारी सम्हालेका थिए ।

आयोगका कानुन महाशाखा प्रमुख तथा सहसचिव लक्ष्मीप्रसाद गौतमसहित अन्य प्राविधिकहरुको पनि सरुवा गरिए पछि निर्वाचन आयोगको फैसला प्रभावित हुने हो की भन्ने आशंका उब्जिएको हो । सहसचिव गौतम नेतृत्वको टोलीले नेकपा विवादको मुद्दा हेरिरहेको थियो । निर्वाचन आयोग स्रोतकाअनुसार पछिल्लो समय गौतमलाई ओली समूहले सूर्य चिन्ह र पार्टीको बैधानिकता दिलाउनका लागि निरन्तर दवाव दिएको थियो ।

तर गौतमले राजनीतिक दलसम्बन्धी ऐनका आधारमा मात्र काम गर्न सक्ने बताउँदै आएका थिए । आयोगका एक कर्मचारीले भने– ‘गौतम सरले लिएको अडानका कारण कतै सरकारले उहाँको सरुवा गर्छ कि भन्ने आशंका गरेका थियौँ त्यस्तै भयो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले सहसचिव गौतमको सरुवा गरेका हुन् । आयोगबाट किन सरुवा गरियो भन्नेबारेमा जिज्ञासा राख्दा सहसचिव गौतमले प्रतिक्रिया दिन मानेनन् । उनले सरकारले गर्ने नियमित प्रक्रिया अन्तर्गत सरुवा भएको बताए । बिहिबारदेखि उनले कानुन आयोगको जिम्मेवारी सम्हाल्ने.छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv