तेस्रो दिन पनि निर्मलाका बाबुआमा जाडोमा कठ्याग्रिदै धर्नामा, ९५ बर्षकी ब्रिद्धाले गरिन न्यानो सामान सहयोग
महेन्द्रनगर २७ कात्तिक । निर्मला पन्तको न्यायका निम्ती हत्यारा सार्वजनिक गर भन्दै जिल्ला प्रशासन अगाडि धर्ना बसेको तेस्रो दिन पुगेको छ । मंगलबार दिन भर सर्वसाधारण समेतले सहभागी भई निर्मलाका बाबुआमालाई सहानुभुती तथा एक्यबद्धता जनाए । चितवन,नेपालगंज,बुटवलबाट पनि एक्यबद्धता जनाऊदै सर्वसाधारणको उपस्थिती बढेको महिला अधिकारकर्मी शारदा चन्दले जानकारी गराइन ।
धर्ना स्थलमा धनगढीबाट ९५ बर्षकी ब्रिद्धा स्वयम आई केही न्यानो सामान सहयोग गरेकी छिन् । सरकार हाल सम्म पनि मौन नै रहेको कुराले अर्थपूर्ण रुपमा हेरिएको छ । कार्यक्रम धर्ना स्थलको तस्वीर झलक :-