५ बर्षे बालिकाको अवस्था सुनेपछी भावुक बनिन अभिनेत्री मनिषा र रेखा (भिडियो सहित )
काठमाण्डौ,माघ १३ । राष्ट्रिय एकता परिषदले महिला हिंसाको कारक तत्व र समाधानका उपाय बिषयक अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ ।
मंगलबार जमल स्थित एल्लो प्यागोडामा आयोजित कार्यक्रममा बलिवूडको सुप्रशिद्ध नायिका मनिषा कोइराला,नेपाली चलचित्रकी नायिका रेखा थापा,बबिता बस्नेत, तेकवाण्डो खेलाडी सङीता बस्याल,भागवत बाचिका राधिका दासी प्रमुख बक्ताहरुले महिला हिंसा रोक्न अहिलेको भन्दा कडा कानुन ल्याउनु पर्ने बताएका छन् ।
राष्ट्रिय एकता परिषदका केन्द्रिय अध्यक्ष निक्ष शम्सेर जबराले मिशन जननी जयते कार्यक्रमको ब्यानर खोलेर अभियान थालनी गर्नु भएको छ । हेर्नुहोस् भिडियो :-