ओली समुहको आमसभाको अघिल्लो दिन प्रचण्ड समुहले गरे आम हड्तालको घोषणा
काठमाण्डौं,माघ २१ । नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको छ। नेकपाकै ओली समुहले शुक्रवार आम सभा गर्ने घोषणा गरेको छ । ओली समुहको आमसभाको अघिल्लो दिन प्रचण्ड समुहले आम हड्तालको घोषणा गरेको हो ।
बुधबार प्रतिनिघि सभा विघटनविरुद्ध संघर्ष समितिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो। आम हड्तालको कार्यक्रम घोषणा गर्न सो समुहले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको थियो । प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा नियुक्त गरेकाहरुलाई सपथ ग्रहण गराएपछि प्रचण्ड नेपाल समुह थप आ क्रा मक भएको हो ।
‘हामी सरकारको कदमविरुद्ध बाध्य भएर आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, त्यसका लागि हामी क्षमा चाहन्छौँ’, पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले भनिन्। उनले आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिइन्।
उनले बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधनहरु भने चल्न दिने जानकारी दिइन्। उनले परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने जानकारी दिइन्।
यसरी देश आन्दोलनमय रहेकै अवस्थामा आज २०७७ माघ २१ गते सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवम् गैर कानूनी ढंगले नियुक्त गरिएका संवैधानिक अंगका पदाधिकारी एवम् सदस्यहरुलाई बलमिच्याँई गरी सपथ ग्रहण गराउने कार्य गरिएको छ, सो समुहले जारी गरेको प्रेस वक्तब्यमा भनिएको छ, सपथ ग्रहण गराउनु निरंकुशता, जोरज र्ब ज स्ती र निर्लज्जताको पराकाष्ठा हो। हाम्रो पार्टी यसको घोर भर्त्सना गर्दै खारेजीको माग गर्दछ।