बामदेव विरुद्ध फेरी भ्रम छरियो !

काठमाडौ,फागुन ८ । संसद विघटन पछि उत्पन्न परिस्थितीले पार्टी एकता भ त्का एको भन्दै तटस्थ बसेका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई विभिन्न आरोप लगाउँदै अड्कलवाजीका समाचार प्रकाशन हुने गरेका छन् । फेरी एक पटक वामदेव त्यस्तै प्रवृत्तिको शि का र भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारको गृहमन्त्री बन्न प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत प्रचण्ड नेपाल समुहले गरेका गतिविधि पार्टी एकता विरोधी भएकाले आफु कुनै पनि समुहमा नलाग्ने घोषणा गरेका गौतमले पार्टी एकता राष्ट्रिय अभियान संचालन गरेका छन् । सो अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्री बन्ने भन्ने समाचार गलत, भ्रामक र दूराशययुक्त भएको बताएका छन् ।

केही संचार माध्यमहरुमा आइतवार प्रधानमन्त्री ओलीसंग गौतमको लामो कुराकानी भएको र ओलीले गौतमलाई गृहमन्त्री बन्ने प्रस्ताव गरेको भन्दै समाचार प्रकाशन भएको थियो । संयोजक गौतमले आफ्नो चरित्र ह त्या गर्ने दु ष्ट प्रयत्नस्वरुप यसप्रकारको ह ल्ला चलाइएको बताएका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै संयोजक गौतमले स्पष्टिकरण दिएका छन् । उनले त्यस्ता समाचारहरुलाई विश्वास नगर्न सबैमा आग्रह समेत गरेका छन्।

‘मेरो चरित्र ह त्या गर्ने दु ष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जादैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएका छन्’, गौतमले लेखेका छन्, ‘मेरा सबै मित्रहरुलाई यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन् हार्दिक अनुरोध गर्दछु।’



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv