एतिहासिक क्षेत्र दहचोकमा यसरी तयार भएको रहेछ काजी कालु पाँडेको समाधी स्थल ( भिडियो सहित )
काठमाण्डौं,फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार ईन्द्रदह पाँचौ पर्यटन महोत्सवको उद्घाटन गर्नु भएको छ । चन्द्रागिरी नपा वडा नं १ दहचोकमा आयोजित महोत्सव उदघाटनका क्रममा वहाँले कालु पाँडेको सालीक र समाधी स्थलमा पुष्पमाला चढाई सम्मान ब्यक्त गर्नु भएको थियो । त्यसपछी सोही क्षेत्रमा बनेको भ्युटावरको उद्घाटन पनि गर्नु भएको थियो ।यस अघी प्रधानमन्त्री ओलीले दोस्रो दहचोक पर्यटन महोत्सवका अवसरमा सो पाँच तले बहुउदेश्यीय भ्यु टावरको सिल्यान्यास गर्नु भएको थियो । हेर्नुहोस् भिडियो :-