लड्दै उठ्दै / लड्दै उठ्दै हिंड्न सिकेका मानिसहरू -ईश्वर पोखरेल ( उपप्रधानमन्त्री )
काठमाण्डौं,फागुन १२ । सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने फैसला गरेपछि राजनीतिक दलका नेताहरुको प्रतिकृया आएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतलको फैसलाको सम्मान गर्न नसक्ने बताएका छन् । फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने आरोप लगाएका छन् ।
ताजा जनादेशमार्फत देशको समस्या समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासलाई कानुनी आवरणमा निस्तेज पारिएको आरोप पनि उनले लगाएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउनेछ।निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न।’
यात्रा
——
लड्दै उठ्दै / लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा
पढ्दै/ सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाईंमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन –
कमजोरीलाई पराजित गर्दै
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू –
चिरन्जिवी बनिछाड्छन् मानिसहरू !! -ईश्वर पोखरेल