प्रकाश ‘विकल्प’ को पुस्तक ‘समृद्धिको रोडम्याप’ बजारमा

काठमाण्डौं,फागुन २९ । लेखक प्रकाश बिकल्पको ‘समृद्धिको रोडम्याप’ पुस्तक बिमोचन भएको छ ।

शनिबार हार्दिक होटलमा आयोजित कार्यक्रममा प्रमुख आतिथी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले पुस्तक बिमोचन गरेका हुन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले गतिशिल र सिर्जनशील लेखक विकल्पको दुबै पुस्तक विमोचन गर्न पाएकोमा खुसी ब्यक्त गरे । पहिलो पुस्तक देश किन बनेन ? भन्ने विषयमा केन्द्रीत रहेको बताउँदै उनले समृद्धिको बाटोमा पुस्तकमा विकासको बारेमा एउटा नयाँ बहस सुरुवात गर्ने प्रयासका रुपमा आफूले लिएको उल्लेख गरे । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र लेखक युग पाठकले पुस्तकमाथि टिप्पणी गरे ।

पुस्तकका लेखक प्रकाश विकल्पले मानिसमा चेतना विकास हुँदै जाँदा त्यसले निकास खोज्ने र सोही कारणबाट आफू लेखक बन्न पुगेको बताए । उनले चेतनाको निकास स्वरुप विपिले प्रजातन्त्र ल्याउन, प्रचण्डले क्रान्ति ल्याउन प्रयोग गरेको बताउँदै आफूले भने क्रान्ति गर्न छोडेर पुस्तक लेखनतिर लागेको उल्लेख गरे ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv