२७ वर्षपछि पहिलो पटक निर्देशक सायमीले सम्मान ग्रहण गर्दै
काठमाण्डौं,चैत २२ । बरिष्ठ चलचित्र निर्देशक,रेडियोकर्मी तथा संगीत प्रबर्तक प्रकाश सायमीले २७ वर्षपछि पहिलो पटक सम्मान ग्रहण गर्न लाग्नु भएको छ ।
चलचित्र,साहित्य र संगीत क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउँदै आउनु भएका सायमीले २०५० सालताका नेपाली चलचित्रमा फस्टाएको समुहवादको विरोध गर्दै उनले कुनै पनि सम्मान तथा पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए ।
निर्देशक सायमीलाई ‘चलचित्र निर्देशक सर्जक सम्मान’ बाट सम्मानित गरिँदैछ । पृथ्वी, सिमाना, अवतार, रानीखोला, जमिन, हतियार आदि नेपाली चलचित्रहरुमा सायमीले निर्देशन गर्नु भएको छ । पछिल्लो समय वहाँले उज्योलो ९० नेटवर्कमा सांगीतिक कार्यक्रम ‘अजर अमर गीतहरु’ सञ्चालन गरीरहनु भएको छ ।