दोस्रो लहरको कोरोना भाईरसको अन्य कहिले ? डा. रमेश आचार्यको नयाँ खुलासा (भिडियो सहित )

काठमाण्डौ,बैशाख १८ । अहिले देखिएको कोरोनाको दोस्रो भेरीयन्टले नेपाल र भारत प्रभावित भएको छ । के हो दोस्रो भेरीयन्ट र यसको असर कहिले सम्म रहन्छ भन्ने यकिन छैन तर पनि डाक्टरहरुको आ आफ्नै राय छ ।

अहिले फैलिएको नयाँ भेरियन्टमा पहिलेको कोरोना महामारीमा भन्दा नयाँ लक्षणहरु देखिएका छन् । चीनमा कोरोना महामारीका बेला काम गरेका डा रमेश आचार्य अहिले नेपालमा छन् । उनले चीनमा कोरोना महामारी कसरी नियन्त्रणमा आयो भन्ने वारेमा पनि राम्रो अनुभव संगालेका छन् । उनले नयाँ भेरियन्टको कोरोना संक्रमितलाई देखिएका केही प्रमुख लक्षणका बारेमा जानकारी दिएका छन् ।

उनले यस्तो लक्षण देखिए लापरवाही नगर्न र अस्पताल जान सुझाव दिएका छन् । दोस्रो भेरियन्ट आएपछि संक्रामक लक्षणहरु चारवटा रहेको बताएका छन् । अचानक श्वास प्रश्वासमा समस्या आउने र अक्सिजन लेवल घट्दै जाने देखिएको छ । संक्रमित भएको तीन दिनमै अक्सिजन लेवल ९० भन्दा तल आएको देखिएको उनले बताएका छन् ।

ज्वरो पनि पहिलाको संक्रमित हुँदाको अवस्था भन्दा फरक रहेको बताएका छन् । १०० भन्दा माथि ज्वरो देखिने र औषधीले पनि काम नगरेको अवस्था देखिएको बताएका छन् । अहिलेको कोरोना संक्रमितलाई टाउको पनि निकै दुख्ने गरेको देखिएको बताएका छन् । त्यस्तै झाडापखाला पनि देखिएको उनको भनाई छ । पहिलाको कोरोनामा पनि केहीलाई पखाला लागेको भएपनि जिवनजल खाँदा निको हुने गरेको भएपनि अहिले जिवनजलले पनि काम नगरेको देखिएको बताएका छन् ।

उनले २४ वा ७२ घण्टा भित्रै संक्रमितलाई निकै समस्या आउने गरेको देखिएको उनले बताएका छन् । यस्ता लक्षण देखिए तत्काल अस्पताल जान उनले सुझाव दिएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv