अस्ताए बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान
काठमाण्डौं,बैशाख २३ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई १४ दिन अघी न्यूरो अस्पताल भर्ना गरिएको थियो । वरिष्ठ गायक प्रधान अस्वस्थ भएपछि शुक्रबार काठमाडौं न्यूरो अस्पताल भर्ना गरिएको फिल्म निर्माता एवं कवि प्रकाश सायमीले जनाएका थिए । उनलाई केही दिनदेखि विसन्चो भएको जनाएको छ ।
८२ वर्षीय प्रधानको पाँच वर्ष अघि ‘हेमाटोमा’को शल्यक्रिया गरिएको थियो। उनलाई कोरोना भएको आशंका गरिए पनि कोरोना संक्रमण नदेखिएको कवि सायमीले भन्नु भएको छ ।
वरिष्ठ गायक प्रधानले थुप्रै गीतमा स्वर दिएका छन्। उनका ‘पर लैजाउ फूलहरू, घुम्तिमा नआऊ है, गोरेठो त्यो गाउँको, यो नानीको शिरैमा, देउरालीमा बतास’लगायतका थुप्रै चर्चित गीत छन् । पारिवारिक स्रोतलाई उद्रित गर्दै संगीत प्रवर्तक प्रकाश सायमी फेसबुकमा लेख्नु हुन्छ – आज दिउँसो १.४५ बजेको समय नेपाली सुमग-संगीतको स्वर्णीम युगका कष्टकारी समय भयो , डा. प्रवीण श्रेष्ठका अनुसार उहाँलाई ठीक त्यही समय ‘हर्ट-अट्याक्’ भयो । हाम्रो हृदयका ढुकढुकी , नेपाली सुगम संगीतको एउटा महान युगको अन्त्य भयो ।
उहाँको जेठान वरिष्ठ छायाकार मञ्जुकुमार श्रेष्ठले यति भन्नु भयो , “अब के गर्ने ? हामीलाई झुक्यायो कालले । हामी हार्यौँ ।” साहित्यकार प्रकाश सायमी ज्यु सँग ४ बर्ष पहिले गरिएको कुराकानी –